Awaaz Express

तपाईं पनि स्टेकहोल्डर हो भनेर मलाई प्रधानसेनापतिले नै जंगी अड्डा बोलाउनुभएको हो – प्रसाई

तपाईं पनि स्टेकहोल्डर हो भनेर मलाई प्रधानसेनापतिले नै जंगी अड्डा बोलाउनुभएको हो – प्रसाई

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल जेनजीको मात्र नभएको टिप्पणी गरेका छन् । बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनलाई सोधियो, ‘एउटा समूहले त तपाईं जेनजी होइन, प्रधानसेनापतिसँग कुरा गर्न किन जानुभयो, आर्मीले तपाईंलाई किन बोलाएको भनेर सोधिरहेको छ नि ?’

उनले जवाफ दिए, ‘होइन, जेनजीको कुरा मात्र होइन, जेनजीको मात्र होइन नि त देश त फेरि । जेनजी भनेर बच्चालाई होम गरियो, आज बिहान मसँग १०० जना बच्चा आएको थिए रुँदैरुँदै । उनीहरूले भन्नेबित्तिकै म आउने नआउने कुरा हुँदैन नि ।’

जेनजीले सामूहिक नेतृत्व चुन्न नसकेकाले आफू अग्रसर भएको प्रसाईंले दाबी गरे । ‘खै त जेनजीको लिडर ? म हुँ लिडर भनेर निस्कनुपर्‍यो नि त’, उनले प्रश्न गरे ।

  1. जंगी अड्डामा आफूखुसी नगएको उनको जिकिर थियो । ‘मलाई पनि चिफ साब (प्रधानसेनापति) ले बोलाउनुभयो । तपाईं पनि तीन वर्षदेखि भ्रष्टाचारको विरोधमा आवाज उठाउनुभयो । आन्दोलनको स्टेकहोल्डर तपाईं पनि हो भनेर मलाई उहाँले बोलाउनुभएको थियो’, प्रसाईंले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *