
शुक्रबार भौतिक संरचनाको क्षति निरीक्षणपछि उनले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन्। उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको जानकारी दिए।
‘मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छौ,’ शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले भने, ‘राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको छ ।’
‘बिहिबारबाटै राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौँ,’ उनले थपे, ‘अत्यावश्यक आवश्यक सेवाहरू खानेपानी, विद्युत् तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि सरोकारवाला निकायहरूलाई निर्देशन दिइसकेका छौँ।’



