Awaaz Express

हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं

हामी नेपालले भन्यो– नेपाली सेनाप्रति ऋणी रहनेछौं


काठमाडौं । सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ ।
कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी रहनेछौं ।’
सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *