Awaaz Express

पाँच जना मन्त्री टुंगो लगाउने तयारी

पाँच जना मन्त्री टुंगो लगाउने तयारी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बेलुकीसम्म मन्त्रीमण्डल विस्तार गर्न छलफललाई तीव्रता दिएकी छन्।उनी बेलुकीसम्म पाँच जना मन्त्री टुंगो लगाउने तयारीमा छिन्।यसका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल जारी छ।धेरैले कार्कीको शपथग्रहण लगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन हुने अनुमान गरेका थिए। तर उनले शुक्रबार शपथपछि मन्त्रीमण्डल निर्माण गरिनन्।दोस्रो दिन शनिबार पनि उनी दिनभरि नै घाइते भेट्न अस्पताल र जलेका प्रहरी कार्यालय भ्रमणमा व्यस्त रहिन्। शनिबार मन्त्रीमण्डल गठनबारे औपचारिक कुराकानी नै हुन पाएन।आइतबार बिहानदेखि भने कार्कीले यसलाई तीव्रता दिँदै पाँच जना व्यक्तिसँग छलफल गरिरहेको उनी निकट स्रोतले बतायो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *