Awaaz Express

जेनजी आन्दोलनकारीबाट मारिएका प्रहरीलाई दश लाख दिने

जेनजी आन्दोलनकारीबाट मारिएका प्रहरीलाई दश लाख दिने

नेपाली प्रहरीले आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) एवम् केन्द्रीय प्रवक्ता विनोद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)देखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख रुपियाँ उपब्ध गराइनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षक (ईन्स्पेक्टर)सम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु. १० लाख उपलबध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *