Awaaz Express

४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ

४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ


धनुषाको विदेह नगरपालिका– ३, जोगियाराबाट ४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका– १ बस्ने २४ वर्षीय विराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन्। वीरेन्द्र बजारबाट आउँदै गरेको प्र ३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका– ४ वीरेन्द्र बजारस्थित सडकमा रोकेर राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक विराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *