Awaaz Express

नेपाल प्रहरीको बिधि विधानमा रहेर सुरक्षा प्रदान गर्ने बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी

नेपाल प्रहरीको बिधि विधानमा रहेर सुरक्षा प्रदान गर्ने बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी

बाँकेका  प्रहरी प्रमुख एसपी अंगुर जिसी बाँकेको समग्र सुरक्षा व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् ।राई सुझाव लिने क्रममा जिल्ला प्रहरी नेपालगञ्जको  प्रहरी प्रमुख एसपी अंगुर जिसी इन्चार्जको रुपमा सरुवा भई आएको ६ दिनमा  एसपी अंगुर जिसीले बाँकेका पत्रकारहरूसँग अन्तरक्रियात्मक छलफल गरेका छन्। उनले सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरि सुरक्षा प्रदान गरिने बताउँदै उनले सरकाले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । कसैको दवाव र प्रभावमा पर्दैन । मबाट कुनै पनि  कमी कमजोरी भए कार्यालयमा आएर गुनासो टिपाउनु होला,’ उनले भने ।उनले भने, ’शान्ति, सुरक्षाको लागि म दैनिक ३–४ घण्टा मात्र सुत्छु ।’उनले निर्धक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै गैर कानुनी काम गर्नेलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *