Awaaz Express

नेपालगन्जका होटलहरुमा बाँके प्रहरीको छापा

नेपालगन्जका  होटलहरुमा बाँके  प्रहरीको छापा

नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका दंगाली होटल, मिलन कटेज, रिवर साइड होटल र भेरी कर्णाली होटलमा विशेष सूचनाको आधारमा एकैसाथ छापा हानिएको छ।​यौन धन्दामा संलग्न ३१ जना महिला र १४ जना पुरुष गरी कुल ४५ जनालाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पक्राउ पर्ने पुरुषहरूमध्ये धेरैजसो भारतीय नागरिक रहेको पनि स्रोतले बताएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूबाट आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, यौन धन्दामा संलग्न हुने र त्यसलाई प्रोत्साहन गर्ने होटल तथा व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *