काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाएका नेपालगन्ज – १ का सुलभ राज श्रेष्ठ र आयुस थापाका अभिभावकहरुलाई त्रिभुवन बिमानस्थल काठमाडौँबाट भारी मनले बिदाई गरेका छौं । पार्थिव शरीर आफन्तलाई बुझाउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद । विशेष धन्यवाद बुद्द एअर जसले सामाजिक उत्तरदायित्व बहनसङ्गै मानवताको भावना देखाएर नि:शुल्क रुपमा चार्टर गरेर नेपालगन्ज पुर्याउने व्यवस्था मिलायो । अबको केही समयमा नेपालगन्जका लागि जहाजले काठमाडौंबाट उडान भर्नेछ । अबको एक घण्टामा नेपालगन्ज बिमानस्थलमा पुगेर सहिदहरु प्रती सम्मान प्रकट गर्न र अभिभावकहरु प्रती सान्तोना प्रदान गर्न नेपालगन्जबासीलाई अनुरोध छ ।
पारिवारिक श्रोतका अनुसार सुलभको आजै अन्त्यष्टि गरिनेछ भने आयुषको भोली मात्रै अन्त्यष्टि गरिने भएको छ । आयुषका आफन्तहरु नेपालगन्जमा नभएकाले भोलीमात्रै अन्त्यष्टि गरिने भएको हो । सुलभको शव अन्तिम श्रद्धान्जलीका लागि भेरी इंग्लिस मिडियम स्कुल धम्बोझिमा राखिने छ । त्यसपछि नगर परिक्रमासँगै सिधनियाघाट राप्ती नदीमा अन्तिम संस्कार गरिनेछ । 





