
काठमाडौँ । जेनजी प्रदर्शनसँगै उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएका छन् । प्रहरी कर्मचारीहरू अझै काममा फर्किने अवस्था बनेको छैन ।काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सुरक्षा सुदृढीकरण गर्न भनेर प्रहरी प्रधान कार्यालयले सेक्टर बनाएर सुरक्षा सुदृढीकरणको प्रयास गरिरहेको छ । काठमाडौँ उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमाण्डर पठाइएको छ ।
काठमाडौँ उपत्यकामा प्रत्येक सेक्टरको नेतृत्व एसपीहरूले गरेका छन् । एसपीहरू दिपक श्रेष्ठ, पवन भट्टराई, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।
रुगम कुँवरलाई बानेश्वर र सिंहदरबारमा खटाइएको छ । डिबी मल्ललाई बालाजु र स्वयम्भु तथा केशव भट्टराईलाई गौशाला र बौद्धमा खटाइएको छ । बालनरसिंह राणालाई महाराजगञ्ज र मालिगाउँमा खटाइएको छ ।



