Awaaz Express

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राजीनामा स्वीकृत गरेका हुन्। गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो राजीनामा दिएपछि महान्यायाधिवक्ता बडालले पनि राजीनामा दिएका थिए।महान्यायाधिवक्ता सरकारका कानुन सल्लाहकार हुन्छन्। सरकार परिवर्तनसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने गर्छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साउन २ गते बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *