Awaaz Express

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच सवा ३ बजे भिडिओ कन्फरेन्स हुने

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच सवा ३ बजे भिडिओ कन्फरेन्स हुने

प्रधानमन्त्री सुशीला कार्कीले अहिले सवा ३ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने भएकी छन्।

गृह मन्त्रालय भवनमा रहेको अहिलेको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट यो भिडिओ कुराकानी हुने कार्की निकट स्रोतले बतायो।

कार्कीको शपथग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो। पछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरको एक सम्मेलनमा बोल्ने क्रममा नेपालको उदाहरण दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *