३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका अभियन्ताहरूले अन्तरिम सरकारसँग राख्ने मागहरूको मस्यौदा तयार पारेका छन् ।
अभियन्ताहरूले आफ्ना मागलाई संस्थागत बनाउनेगरी सहमतिको मस्यौदा तयार पारेका हुन् । जसलाई अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्की हुँदै राष्ट्रपतिसमक्ष पठाउने तयारी छ ।




विभिन्न माग राख्दै तयार पारिएको मस्यौदामा अन्तरिम सरकारमा युवाहरूको प्रतिनिधित्व हुनुपर्ने, युवासहितको विज्ञ परामर्श समूह समेत गठन गरी सो सुझावका आधारमा कार्यभार सञ्चालन गर्ने, जेनजी प्रदर्शनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निष्पक्ष कारबाही हुनुपर्ने लगायतका माग राखिएका छन् ।