Awaaz Express

आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ

आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ


भदौ २४ गते आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं बस्ने सचिन खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। उनले कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोप छ।

अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन। यद्यपि प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *