Awaaz Express

विजया दशमी, दिपावली तथा छठलाई लक्षित गर्दै बाँकेका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना

विजया दशमी, दिपावली तथा छठलाई लक्षित गर्दै बाँकेका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना

विजया दशमी, दिपावली तथा छठ) लाई लक्षित गर्दै बाँकेका विभिन्न स्थानमा बुधबारदेखि यात्रु सहायता कक्षको स्थापना गरि सन्चालनमा ल्याइएको छ।

जिल्ला ट्राफिक ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा चाडपर्वका अवसरमा सार्वजनिक यातायातमा हुने भिडभाड व्यवस्थापन तथा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि नेपालगन्ज -४ बसपार्क र नेपालगन्ज -१५; जमुनहा र कोहलपुर -११ स्थित कोहलपुर बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरि सन्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। चाडपर्वका बेलामा सुरक्षित यात्रा र यात्रुहरुको सुविधाको लागी सवारी चालक एवं यातायात व्यवसायीहरुले विशेष ध्यान पुर्याउन ट्राफिक प्रहरी कार्यालय बाँकेले यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो।

चाडपर्वका बेलामा जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको हो।  बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार चाडपर्वको बेलामा यात्रुहरुले विभिन्न सास्ती पाउन सक्ने भन्दै यातायातका साधनको सबैभन्दा बढी जमघट हुने कोहलपुर, नेपालगन्ज बसपार्क र भारतबाट आउनेको यात्रुका लागि जमुनहामा सहायता कक्ष स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *