Awaaz Express

बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

मुख्य चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा योजना तयार पारेको छ। विशेष गरेर दसैं, दिपावली र छ्ठलाई लक्षित गर्दै तयार पारिएको सुरक्षा योजनामा ११ सय प्रहरी परिचालन गरिएको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार चाडपर्वमा हुन सक्ने चोरी लगायतका घटनालाई निस्तेज पार्न मोटरसाइकल तथा विभिन्न स्थानमा पौदल गस्ती सुरु गरिएको छ। त्यसैगरी दुर्घटना नियन्त्रणका लागि बाँके जिल्लामा अधिकांश ठाउँमा चेक प्वाइन्ट राख्न सुरु गरिएको डीएसपी पातलीले जानकारी दिएका छन् ।दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने बाँके प्रहरीले अनुमान गरेको छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । बाँके प्रहरीले जिल्लाभरका सबै युनिटलाई नियमित गस्तीमा खटिन निर्देशन समेत दिइसकेको बताइएको छ।चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्ने ठाउँहरूमा सुरक्षा प्रदान गर्नेगरी योजना तयार गरिएको छ ।त्यस्तै जुवा खेलविरुद्ध पनि छुट्टै टोली परिचालन गरिसकेको डीएसपी पातलीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *