Awaaz Express

मौसम

मौसम

यस वर्षको दसैँमा वर्षा हुने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दसैँ मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमीभन्दा दशमीमा धरै ठाउँमा पानी पर्ने जनाएको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले लगातार झरी नरहे पनि वेलावेला पानी पर्ने बताए । ‘झरी नै त छैन, तर पश्चिमभन्दा पूर्वी र मध्य नेपालका धेरै ठाउँमा वर्षा हुने देखिन्छ,’ मौसमविद् लामिछानेले भने, ‘दसैँका वेला यात्रा गर्दा हरेक दिनको मौसमको पूर्वानुमान हेरेर सडकको अवस्था बुझ्दा राम्रो हुन्छ ।’

महाशाखाका अनुसार १४ असोज अर्थात् अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशीका पहाडी र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । नवमीमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

दशमी अर्थात् १६ असोजमा भने मनसुन केही सक्रिय हुने देखिन्छ । यो दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी तथा कोशीका पहाडी र तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *