Awaaz Express

बाँकेमा साढे १३ लाख रुपैयाँ सहित हाइप्रोफाइलका जुवाडेहरु पक्राउ

बाँकेमा साढे १३ लाख रुपैयाँ सहित हाइप्रोफाइलका जुवाडेहरु पक्राउ

नेपालगन्जको मौरी रेस्टुरेन्टबाट एक ठूलो जुवाखालबाट  एक दर्जन बढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढा मगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज बसपार्क बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो ।

मौरी रेस्टुरेन्टको दोस्रो तलाको कोठामा ठूलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो ।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गड्डी समेत बरामद गरेको  बाँके प्रहरी  एसपी जीसीले  जानकारी   दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *