Awaaz Express

एसएसपी शारदा प्रसाद चौधरीले राजीनामा दिने तयारी

एसएसपी शारदा प्रसाद चौधरीले राजीनामा दिने तयारी

डीआइजी बढुवामा छुटेपछि नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) शारदा प्रसाद चौधरीले राजीनामा दिने तयारी गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले लेखेका छन्, “जागिर छाड्ने विचार गर्दैछु।”

डीआइजी बढुवाका दाबेदारमध्ये चौधरी सबैभन्दा वरिष्ठ अधिकृत थिए। तर, उनी बढुवाबाट छुटे। यसअघि पनि उनी बढुवामा छुटेका थिए।

चौधरी राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) बाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। उनका ब्याचका अधिकारीहरू अहिले एआईजीमा पुगेका छन् भने उनी अझै एसएसपीमै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *