Awaaz Express

एसईईको फाराम खुला,

एसईईको फाराम खुला,

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ।बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरूले कार्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने छ।विद्यार्थीले प्रति व्यक्ति पाँच सय रुपैयाँ (रु. ५००) परीक्षा दस्तुर तिर्नुपर्नेछ। सोही अवधिभित्र विद्यालयहरूले फाराम संकलन गरी शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा वा महाशाखामार्फत पठाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *