वीरेन्द्रनगरमा ट्राफिक प्रहरी आफैले सडक मर्मत गरेको छ । मंगलबार जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा खटिएको १० जनाको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित कालिन्चोकदेखि ईत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू पुरेको हो ।



