Awaaz Express

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधवार बताएका छन् ।डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको  सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाएका छन् । अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको उनले जनाएका छन् । नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र  सुरक्षा नियमहरू पालना नगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *